अन्तर्राष्ट्रिय

पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै

By खबरहब

June 11, 2024

एजेन्सी – पाकिस्तानी विद्युतीय सञ्चार माध्यमका सम्पादक एवम् निर्देशकहरुको संघले मुलुकमा प्रेस स्वतन्त्रतामाथि चुनौतीहरु बढ्दै गएको बताएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै मुलुकमा प्रेस स्वतन्त्रतामाथि चुनौतिहरु बढ्दै गएको बन्दै वैधानिक एवम् कानूनी लडाईं लडिरहन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

मुलुकमा राज्य एवम् गैर राज्य पक्षबाट प्रेसमाथि विभिन्न बहानामा बन्देज लगाउने कार्य निन्तर भइरहेको भन्दै संघले आपत्ति पनि जनाएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार संघले मुलुकमा टेलिभिजन कार्यक्रमलाई रोक्ने, टेलिभिजन प्रसारण नै बन्द गरिदिने, अनावश्यक दबाब सिर्जना गर्ने र पत्रकारलाई बर्खास्त गर्न दबाब दिनेजस्ता गतिविधि भइरहेको जनाएको छ ।

यस्ता गतिविधिबाट मुलुकमा प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौतीहरु बढ्दै गएकाले यसबाट लोकतान्त्रिक मूल्य मान्यता नै जोखिममा पर्दै गइरहेको संघको भनाइ छ ।