फाइल तस्वीर

देश/प्रदेश

उपसचिव सुन्दर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर

By खबरहब

June 11, 2024

काठमाडौं – यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख एवं उपसचिव सुन्दर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र श्रेष्ठको संयुक्त इजलासले भट्टराईलाई गैरकानूनी सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गरेको हो ।

अदालतले उनलाई तीन महिना कैद हुने फैसला गरेको छ । उनले १४ लाख ७४ हजार गैरकानूनी आर्जन गरेको अदालतको ठहर छ ।