खेलकुद

कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वे भिड्दै

By खबरहब

July 11, 2024

काठमाडौं – कोपा अमेरिका कप फुटबलको दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वे प्रतिस्पर्धामा छन्। बिहीबार बिहानको प्रतिस्पर्धामा पहिलो हाफको ३८ मिनेटसम्म गोल हुन सकेको छैन। दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनल खेल्नेछ।

बुधबार बिहान भएको खेलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगिसेको छ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै उरुग्वे सेमिफाइनल पुगेको हो। यता कोलम्बिया भने पानामालाई ५-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

२७ खेलमा अपराजित रहेको कोलम्बियाले उरुग्वेलाई चुनौती दिइरहेको छ। सन् २०११ मा कोपा अमेरिकाको उपाधि जितेपछि उरुग्वेले पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।