खेलकुद

कोपा अमेरिका सेमिफाइनल : उरुग्वेविरुद्ध अग्रता लिएको कोलम्बिया १० खेलाडीमा सीमित

By खबरहब

July 11, 2024

काठमाडौं – कोपा अमेरिका कप फुटबलको दोस्रो सेमिफाइनलमा कोलम्बियाले पहिलो हाफमा उरुग्वेविरुद्ध एक गोलको अग्रता लिएको छ।

उसका लागि खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले अग्रता दिलाएका हुन्। खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाएका छन्। उनी मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको छ।

दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनल खेल्नेछ।

बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगिसेको छ।

ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै उरुग्वे सेमिफाइनल पुगेको हो। कोलम्बिया भने पानामालाई ५-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

२७ खेलमा अपराजित रहेको कोलम्बियाले उरुग्वेलाई चुनौती दिइरहेको छ। सन् २०११ मा कोपा अमेरिकाको उपाधि जितेपछि उरुग्वेले पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।