समाचार

 राप्रपा संसदीय दलको बैठक बस्दै

By खबरहब

July 11, 2024

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाएको छ ।

बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ ।

यस्तै, कांग्रेस–एमालेबीचको नयाँ समीकरणमा सहभागी हुने–नहुने, प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभामा लिने विश्वासको मतको प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ ।