अन्तर्राष्ट्रिय

फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

By खबरहब

July 11, 2024

एजेन्सी– उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक-अप ट्रक ठोकिँदा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।

‘पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ’, प्रहरी मेजर एन्टोनियो पालाटाओले भने । यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए। 

‘टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाएनन्। राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण गर्नुपर्ने हुन्छ’, प्रहरी क्याप्टेन जुन–जुन तोरियोले भने ।