काठमाडौं– अर्क्स ग्रुप प्रालि चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनीले गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ ।
अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाखमा बिक्री गर्ने जनाएको छ ।
गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएल उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिकआवरको मोटर मोटर जडान गरिएको छ ।
हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको गोल्डेन ड्रागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिवद्धतासहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, अर्क्स ग्रुप गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपालमा ल्याउने प्रक्रिया सुरु गरेको छ । गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रो बस केही महिनामा नेपाल आइपुग्ने अक्र्स ग्रुपले जनाएको छ ।
यी भ्यानहरू लामो दूरी र छोटो दूरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, करपोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रमा उपयोगी हुने कम्पनीले दाबी गरेको छ ।