सांकेतिक तस्बिर

समाचार

खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

By खबरहब

July 11, 2024

रौतहट– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत एकजनाको खेत जोतिरहेको ट्रेक्टर पल्टिँदा  चालकको मृत्यु भएको छ ।

बरहथवा  १२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना.६ त. १२६५ नम्बरको ट्रेक्टर पल्टिएर स्थानीय पुरैनिया गाउँका ३० बर्षिया चालक सुरेश रायको घटना स्थलमा मृत्यु भएको  हो ।

जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डीएसपी दीपक श्रेष्ठले घटनाको पुष्टि गर्दै मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको बताएका छन ।