राजनीति

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन जसपाको ह्विप

By खबरहब

July 11, 2024

काठमाडौं– जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

पार्टी अध्यक्ष असोक राईका अनुसार सबै सांसदलाई विपक्षमा मत नहाल्न ह्विप जारी गरिएको हो। जसपाले एमाले-कांग्रेसको सरकारलाई समर्थन गरेको छ ।

यसअघि नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ ।

 प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।

उनी पुस १०, ०७९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।