राजनीति

प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय 

By खबरहब

July 11, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। 

बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 

शुक्रबार विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले खबरहबलाई बताए । हालसम्म पनि समाजवादीले प्रचण्ड सरकारलाई सहयोग गरिरहेको छ ।

प्रचण्ड सरकारमा एकीकृत समाजवादीबाट २ जना मन्त्रीहरू थिए ।  प्रतिनिधिसभामा समाजवादीको १० सिट छ ।