समाचार

असारे विकास : काठमाडौं महानगरले गरेको कालोपत्रे ११ दिनमै खाल्डैखाल्डा

By खबरहब

July 11, 2024

 

काठमाडौं- बजेट सक्ने नाममा गरिने असारे विकासको परिणाम देखिन थालेको छ ।

काठमाडौं महानगरपालिकाले ११ दिनअघि मात्रै सडकमा गरेको कालोपत्रे अहिले उप्किएर खाल्डैखाल्डा देखिन थालेको छ ।

सडकमा कालोपत्रे हुने भन्दै टाँसिएका सूचना अहिले भित्तामा झुन्डिरहेका छन् । तर ११ दिनअघि बनाइएको सडकको नयाँ कालोपत्रे उप्किएर खाल्डो भएको छ ।

असारे विकास चटारोले गुणस्तरहीन कालोपत्रे गरिएको सडक ११ दिनमै खाल्डोमा परिणत भएपछि स्थानीय रुष्ट भएका छन्।

काठमाडौं महानगरपालिका र स्थानीय क्लबको सहकार्यमा ११ दिनअघि वडा नम्बर २१ को श्रीधर नारायण मन्दिर, गोफल अगाडि (लगन जानेबाटो) सडकमा कालोपत्रे गरिएको थियो ।

कतिपय ठाउँमा कालोपत्रेका नाममा कमसल सामाग्री प्रयोग गरेको परिणाम देखिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । अहिले कालोपत्रे उप्किएर खाडल भनेका सडकमा पानी जम्न थालेको छ ।

तस्बिरहरू- नेपाल फोटो पुस्तकालय