तस्बिर एएफपी

अन्तर्राष्ट्रिय

दक्षिण–पश्चिम चीनमा वर्षाका कारण ६ जनाको मृत्यु

By खबरहब

July 11, 2024

बेइजिङ– दक्षिणपश्चिम चीनमा वर्षाका कारण छ जनाको मृत्यु भएको राज्यको सञ्चारमाध्यमले जनाएका छन् । 

राज्यको समाचार समिति सिन्ह्वाले मेगासिटी चोङकिङ नजिकैको दियानजियाङ काउन्टीमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म भारी वर्षा भएको बताएको छ । 

राज्य प्रसारणकर्ता सिसिटिभीले काउन्टी बाढी नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै बिहीबार भू-प्रकोपमा चार जनाको मृत्यु भएको र थप दुई जना डुबानमा परेको जनाएको छ ।  

भारी वर्षाका कारण घरहरू ढल्दा एक जनाको मृत्यु भएको र कम्तीमा तीन जना भूस्खलनमा फसेको सिन्ह्वाले बताएको छ । 

सिन्ह्वाका अनुसार वर्षाका कारण करिब सात हजार मानिस प्रभावित भएका छन् र एक सय ७० जनालाई उक्त स्थान खाली गर्न चेतावनी दिइएको छ ।