राजनीति

एकीकृत समाजवादी कांग्रेस-एमाले गठबन्धनमा नआउने

By खबरहब

July 11, 2024

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको नयाँ गठबन्धनमा नमिसिने भएको छ ।

संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

अघिल्लो सोमबार बनेको कांग्रेस-एमाले समीकरणले नयाँ सरकार बनाउने कोसिस गरिरहेका बेला समाजवादी विपक्षमा रहने भएको हो ।

समाजवादीले शुक्रबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रचण्डको पक्षमा विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले जानकारी दिए ।