सांकेतिक तस्वीर ।

अपराध

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

July 11, 2024

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कुमारीगालबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी प्रहरी वृत्त गौशाला पठाइएको छ ।