स्वास्थ्य

न्युन र उच्च रक्तचाप दुवै घातक : मुटुदेखि मस्तिष्कसम्म हुन्छ असर

By पवन मुडभरी

August 11, 2024

मुटु मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अंगमध्ये एक हो। यो अंगले शरीरमा रक्तनलीमार्फत शरीरको रगत पम्प गर्दछ। त्यसैले मुटु शरीरका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। यो बिना जीवन सम्भव हुँदैन। तर, अहिले अनियमित खानपान र अस्वस्थ दिनचर्याका कारण उच्च वा न्युन रक्तचापको समस्या दैनिक बढ्दो छ। शरीरमा रक्तप्रवाह सामान्यभन्दा कम हुन्छ भने त्यसलाई न्युन रक्तचाप भनिन्छ। सामान्यतः ब्लडप्रेसर १२०/८० हुन्छ। ९० भन्दा कम हुनुलाई लो ब्लडप्रेसर वा न्युन रक्तचाप भनिन्छ। यसलाई गम्भीर रुपले नलिएमा यसको असर शरीरको अर्को अंगमा पनि पर्नसक्छ। शरीरमा ब्लडको दबाब कम हुँदा आवश्यक अंगसम्म पूरा ब्लड पुग्न पाउँदैन, जसबाट ती अंगको कार्यसञ्चालनमा बाधा पुग्छ।

यस्तो अवस्थाले मुटु, मिर्गौला, कलेजो र मस्तिष्कले आंशिकदेखि पूर्ण रुपमै काम नगर्ने हुनसक्छ। त्यसैले लो ब्लड प्रेसरको समस्यालाई बेलैमा समाधान गर्नुपर्ने चिकित्सकको सुझाव छ। न्युन रक्तचाप वा प्रेसर लो कस्तो समस्या हो ? न्युन रक्तचापले कस्ता जटिलता निम्त्याउन सक्छ ? रक्तचापलाई सामान्य अवस्थामा राख्न के गर्ने ? यिनै विषयमा केन्द्रित भएर नोवेल मेडिकल कलेज विराटनगरमा कार्यरत मुटुरोग विशेषज्ञ प्रा. डा. सहदेव ढुङ्गानासँग गरिएको कुराकानी :

सामान्यतया हाम्रो रक्तचाप भनेको १२० माथिको र तलको ८० हुने गर्दछ। त्यो भन्दा धेरै माथिको १४० र तलको ९० भयो भने उच्च रक्तचाप भएको मनिन्छ । माथिको ९० भन्दा कम र तलको ६० भन्दा कम भयो भने न्युन रक्तचाप भएको मानिन्छ।

प्रेसर लो अर्थात् न्युन रक्तचाप कस्तो समस्या हो ? न्युन रक्तचाप उच्च रक्तचापको तुलनामा कमै हुने गरेको छ। सामान्यतया हाम्रो रक्तचाप भनेको १२० माथिको र तलको ८० हुने गर्दछ। त्यो भन्दा धेरै माथिको १४० र तलको ९० भयो भने उच्च रक्तचाप भएको मनिन्छ भने माथिको ९० भन्दा कम र तलको ६० भन्दा कम भयो भने न्युन रक्तचाप भएको मानिन्छ।

उच्च रक्तचाप संसारभर नै विकराल समस्या मानिन्छ। यसले विभिन्न जटिल समस्या निम्त्याउने भएकाले ठुलो समस्याको रुपमा लिइन्छ। यसको उपचार र निदान पनि हुन्छ। तर न्युन रक्तचाप हुँदा प्राय कुनै लक्षण नदेखिने हुँदा त्यति ध्यान दिइदैन। यसको निदानसमेत जटिल हुन्छ। कसैलाई न्युन रक्तचाप हुँदा विभिन्न लक्षण देखिए भने विशेष ध्यान दिनु आवश्यक हुन्छ।

शरीरमा रगतको मात्रा कमी हुँदा न्युन रक्तचाप र धेरै हुँदा उच्च रक्तचाप हुन्छ भनेर धेरैले बुझ्ने गर्छन्। यसको खास कारण के हो ? रक्तचाप रगतको मात्राले निर्धारण गर्ने होइन। रक्तचाप हुने विभिन्न कारण हुन्छन्। जस्तै सानै उमेरका केटाकेटी, किशोरावस्था तथा युवावस्थाका महिलामा, गर्भावस्थामा, वृद्धअवस्थामा न्युन रक्तचापको समस्या देखिने सम्भावना रहन्छ। त्यस्तो अवस्थामा रक्तचाप न्युन भए पनि लक्षण नदेखिने भएकाले धेरैले ध्यान नै दिएका हुँदैनन्।

शरीरमा पानीको मात्रा कम हुँदा, नुनको मात्रा कम हुँदा, विभिन्न हर्मोनको असन्तुलन हुँदा, मस्तिष्कमा समस्या हुँदा, झाडावान्ता हुँदा, ज्वरो आउँदा, रक्तश्राव भएर रगतको मात्रामा कमी आउँदासहित विभिन्न कारणले न्युन रक्तचाप हुने गर्दछ।

शरीरमा पानीको मात्रा कम हुँदा, विभिन्न हर्मोनको असन्तुलन हुँदा, मस्तिष्कमा समस्या हुँदा, झाडावान्ता हुँदा, ज्वरो आउँदा, रक्तश्राव भएर रगतको मात्रामा कमी आउँदासहित विभिन्न कारणले न्युन रक्तचाप हुने गर्दछ।

न्युन रक्तचापले कस्ता जटिलता निम्त्याउन सक्छ ? धेरै मानिसमा ब्लड प्रेसर अर्थात् रक्तचाप न्युन भएपनि लक्षण देखिँदैनन्। तर धेरै थकान महसुस हुने, चक्कर लाग्ने, आँखा धमिलो देखिने, अचेत हुने, लक्षण देखिएको खण्डमा जटिल समस्या निम्तिन सक्छन्। जस्तै वृद्ध अवस्थामा राति शौच गर्न जाँदा ब्लड प्रेसर घटेर लड्ने समस्या हुनसक्छ।

यसरी लड्दा मस्तिष्कमा चोटपटक लाग्ने, शरीरका अन्य अङ्गमा पनि क्षति हुने सम्भावना रहन्छ। त्यस्तै दीर्घ रोगीमा ब्लड प्रेसर कम हुनुलाई घातक मानिन्छ।

न्युन रक्तचापको समस्या पुरुषको तुलनामा महिलामा धेरै हुने हो ? पुरुषको तुलनामा महिलामा रक्तचाप कम नै हुने गर्दछ। जस्तै प्राय महिलामा ९०/६० हुन्छ। रक्तचाप ८०/६०–७०/६० छ र कुनै लक्षण देखिएको छैन भने डराउनुपर्ने अवस्था हुँदैन। तर चक्कर लाग्ने, आँखा धमिलो हुने, थकान महसुस हुने जस्ता लक्षणहरु देखिए भने कुनै समस्या छ कि भनेर जाँच गर्नुपर्ने हुन्छ ।

कुनै लक्षण देखिएको छ भने उपचारका लागि चिकित्सक भेट्नु पहिलो काम हो। मान्छे स्वस्थ छ कुनै लक्षण देखिएको छैन भने खानपान र जीवनशैलीमा ध्यान दिए पुग्छ।

रक्तचापलाई सामान्य अवस्थामा राख्न के गर्ने ? कुनै लक्षण देखिएको छ भने उपचारका लागि चिकित्सक भेट्नु पहिलो काम हो। मान्छे स्वस्थ छ कुनै लक्षण देखिएको छैन भने खानपान र जीवनशैलीमा ध्यान दिए पुग्छ। तर ब्लड प्रेस कम छ र लक्षण पनि देखिएको छ भने त्यसको कारण पत्ता लगाउनुपर्छ। जस्तै ज्वरो आउने, पखाला लागेर शरीरमा पानीको मात्रा कम भएको अवस्था, मिर्गौला फेल भएको अवस्थामा पनि ब्लड प्रेसर कम हुनसक्ने भएकाले त्यस्ता समस्या भए समयमै उपचार गर्नुपर्छ।

नियमित व्यायाम गर्ने, हरियो सागसब्जी तथा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने, शरीरमा पानीको मात्रा कम छ भने प्रशस्त पानी पिउने। नुनको मात्रा मिलाउने, मादक पदार्थ सेवन नगर्ने, उच्च रक्तचापको औषधी सेवन गरिरहेका बिरामीमा कहिलेकाहीँ अचानक घटेर विभिन्न जोखिम हुने सम्भावना रहेकाले चिकित्सकसँग नियमित परामर्श लिने गर्नुपर्दछ।

न्युन रक्तचापका बिरामीले नुनको मात्रा बढाउनुपर्ने हो ? नुन धेरै खाने कुरा होइन शरीरलाई चाहिने मात्रामा मात्रै खाने हो। अत्याधिक नुनको सेवनले हाम्रो शरीरलाई झन् धेरै हानी गर्दछ। जस्तै उच्च रक्तचापको समस्या भएका बिरामीमा कहिलेकाहीँ अचानक रक्तचाप घट्छ। त्यो बेलामा नुन धेरै खायो भने फेरि बढेर अर्को समस्या निम्तिने सम्भावना रहन्छ।

नुन धेरै खाने कुरा होइन शरीरलाई चाहिने मात्रामा मात्रै खाने हो। अत्याधिक नुनको सेवनले हाम्रो शरीरलाई झन् धेरै हानी गर्दछ।

हाम्रो शरीरलाई २४ घण्टामा चारदेखि पाँच ग्राम नुन आवश्यक हुन्छ। अहिले गर्मीको सिजन छ। शरीरमा पानीको मात्रा कम हुन्छ। नुन झाडावान्ता लागेको समयमा केही मात्रामा बढाउन सकिन्छ।

रक्तचाप न्युन भयो भन्दैमा अत्याधिक नुनको सेवनले अन्य स्वास्थ्यमा असर गर्ने भएकाले शरीरलाई चाहिने मात्रामा मात्रै नुनको सेवन गर्नु राम्रो मानिन्छ।

एक स्वास्थ्य व्यक्तिमा रक्तचाप पुरुषमा कति र महिलामा कति भएको राम्रो मानिन्छ ? सामान्यतया माथिको ब्लड प्रेसर जसलाई सिस्टोली भनिन्छ। त्यो १२० भन्दा तल हुनुपर्छ भने तलको ८० भन्दा कम हुनुपर्छ। यदि माथिको १४० भन्दा माथि र तलको ९० भन्दा माथि गयो भने उच्च रक्तचाप भएको मानिन्छ। माथिको १२० देखी १४० को बिचमा छ भने त्यसलाई हाई नर्मल भनिन्छ यस्तो अवस्थामा औषधी सेवन नगरी जीवनशैली र खानपानकै माध्यमबाट नियन्त्रण गर्न सकिन्छ।

पुरुषमा माथिको १४० भन्दा मुनी र तलको ९० मुनी कहिलेकाहीँ तलमाथि हुँदा सामान्य मानिन्छ भने महिलामा माथिको १२० देखि १०० को आसपास र तलको ८० देखि ६० को आसपास हुनुलाई सामान्य मानिन्छ।

रक्तचापको जाँच कति समयको फरकमा गर्ने ? रक्तचापले कहिलेकाहीँ कुनै लक्षण नदेखाइकन मुटुको लोड बढाउने, मिर्गौलामा असर गर्ने, आँखाको ज्योतिमा असर गर्ने, मस्तिष्क कमजोर बनाउने लगायत भित्रभित्र शरीरका विभिन्न अङ्गलाई हानी पुर्याउने गर्दछ। त्यसैले यसलाई साइलेण्ट किलर पनि भनिन्छ। त्यसैले बेलाबेलामा ब्लड प्रेसर जाँच गरिराख्नुपर्दछ। सामान्य नै छ भने वर्षमा एक दुई पटक जाँच्दा हुन्छ। तर ब्लड प्रेसरको समस्या भइरहने बिरामीले भने महिनामा एक पटक वा हप्तामा एक पटक जाँच गराइराख्नुपर्ने हुन्छ।

रक्तचापले कहिलेकाहीँ कुनै लक्षण नदेखाइकन मुटुको लोड बढाउने, मिर्गौलामा असर गर्ने, आँखाको ज्योतिमा असर गर्ने, मस्तिष्क कमजोर बनाउने लगायत भित्रभित्र शरीरका विभिन्न अङ्गलाई हानी पुर्याउने गर्दछ।

तपाईं मुटुरोग विशेषज्ञ डाक्टर भएको नाताले पछिल्लो समय बढ्दै गएको मुटुसम्बन्धी समस्याबाट बच्न के सुझाव दिनुहुन्छ ? मुटुसम्बन्धी समस्याबाट बच्नका लागि पहिलो कुरा शारीरिक रुपमा व्यायाम गर्ने जसले मुटुसँगै शरीरका सम्पूर्ण अङ्गलाई स्वास्थ राख्न सहयोग पुर्याउँछ।

त्यस्तै खानपानमा ध्यान दिने, पौष्टिक तत्त्व भएको सन्तुलित आहार शरीरलाई आवश्यक भएको मात्रै खाने, मौसम अनुसारको फलफूल तथा तरकारी खाने, अत्याधिक मात्रामा नुनको सेवन नगर्ने, धूम्रपान र मध्यपानबाट टाढै रहने, हाम्रो शरीरमा रहेको कोलेष्ट्रोलको मात्रालाई सन्तुलनमा राख्ने र तनावबाट मुक्त रहने, दैनिक ६ देखि ८ घण्टासम्म गहिरो निद्रा सुत्ने लगायत कुरामा ध्यान दिएमा ८० देखि ९० प्रतिशत मुटुसम्बन्धी हुने जोखिमबाट बच्न सकिन्छ।