खेलकुद

पेरिस ओलम्पिक : महिला फुटबलमा अमेरिकालाई स्वर्ण पदक

By खबरहब

August 11, 2024

काठमाडौं– फ्रान्समा जारी पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक जितेको छ ।

प्रिन्स पार्कमा गएराति सम्पन्न खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अमेरिकाले जित हासिल गरेको हो ।

अमेरिकाका लागि खेलको ५७औँ मिनेटमा मेलोरी स्वानसनले गोल गरेकी थिइन् । उनको यो गोल नै जितका लागि निर्णायक बनेको थियो ।

ओलम्पिकमा अमेरिकाको यो पाँचौँ स्वर्ण पदक हो । अमेरिकाले सन् १९९६, २००४, २००८ र २०१२ मा स्वर्ण पदक जितेको थियो ।

पराजित भएको ब्राजिले रजत पदक प्राप्त गर्दा स्पेनलाई हराएर जर्मनीले कास्य पदक जितेको छ ।