खेलकुद

एफए कप कम्युनिटी शिल्ड : म्यानचेस्टर सिटीलाई उपाधि

By खबरहब

August 11, 2024

काठमाडौं– एफए कप कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। वेम्बली रंगशालामा शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ७–६ गोलले हराउँदै सिटीले उपाधि जितेको हो ।

निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

निर्धारित ९० मिनेटको खेलमा ८२औँ मिनेटमा युनाइटेडका अलेजान्ड्रो गार्नाचाले सुरुवाती गोल गरेका थिए । तर खेलको ८९ औँ मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो जितसँगै सिटीको यो सातौँ उपाधि हो । सिटीले यसअघि सन् १९३७, १९६८, १९७२, २०१२, २०१८ र २०१९ मा उपाधि जितेको थियो ।