समाचार

गायक प्रकाश तिमिल्सिनाको निधन

By खबरहब

August 11, 2024

काठमाडौं– गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

गायन रियालिटी शो नेपाली ताराबाट सांगीतिक क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधैँ एकनास हुँदैन’ लगायत गीत चर्चित छन्।

गायक तिमिल्सिनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको आजै पशुपतिमा अन्त्येष्टी गरिने जनाइएको छ।