टाइटानिक अत्यन्त ठूलो पानीजहाज थियो। त्यो एटलान्टिक महासागरमा डुबेको थियो। जहाज डुबेको झण्डै तीन चौथाई शताब्दीपछि त्यो पौराणिक जहाजमा समुद्री सतहको तीन किलोमिटर तलसम्म खोजकर्ता पुगेका थिए। यही हराएको जहाजको कथामा टाइटानिक फिल्म बन्यो। जुन फिल्म सन् १९९९ मा सर्वाधिक ओस्कार पुरस्कार प्राप्त गर्ने चलचित्र भएको थियो। झन्झन् गहिरोमा एल्भिन सबम्यारिन टाइटानिकसम्म पुग्न गोताखोरहरुले प्रयोग गरेको जहाज प्रति मिनेट ३० मिटरका दरले झर्दा दिनको प्रकाश धमिलो, धमिलो हुँदै गयो। एलिभिनमा संयुक्त राज्य नेभीका तीन सैनिक गोताखोरहरु थियौं। १३, जुलाई १९८६ का दिन खोज अभियान सुरु गरियो। समुद्रको पिंधसम्म पुग्न दुई घण्टा बढी समय लाग्यो।
मुख्य पाइलट राल्फ हलिस, को पाइलट डडले फोस्टर र म दुई मिटर व्यासको वायुचाप मिलाइएको क्याविनमा मार्डिन टीन बट्टामा बन्द गरिएको माछा जस्तै थियौं। हाम्रो बातचित एकदमै कम हुन्थ्यो। हामी सबम्यारिनमा बसेर घोर अन्धकारमा तीब्र रुपले झर्दै थियौं। प्रायः माथिदेखि लामो दुरी झर्दा सिरिङ्ग हुने अनुभव हुन्छ, तर यस्तो महसूस गर्न हामीलाई समय नै थिएन। जलराशिभित्रै ठूलो समस्याको सामना गर्नुप-यो।
टाइटानिक अत्यन्त ठूलो पानीजहाज थियो। त्यो एटलान्टिक महासागरमा डुबेको थियो। जहाज डुबेको झण्डै तीन चौथाई शताब्दीपछि त्यो पौराणिक जहाजमा समुद्री सतहको तीन किलोमिटर तलसम्म खोजकर्ता पुगेका थिए।
हाम्रो सवम्यारिनको क्षेत्र पहिचान गर्ने यन्त्रले काम गर्न छोडेछ। चिसोले हो वा चापको कारण हो यकिन भएन। यो यन्त्रले काम नगर्दा वरिपरि केही मिटर दुरी बाहेक हामी केही नदेख्ने अन्धा जस्ता हुन पुग्यौं। १८ सय मिटरको गहिराईमा राल्फले सवम्यारिनलाई शक्ति पु-याउने बेट्रीमा पानी चुहिएको देखेछन्। त्यसले अर्को खतरा आइलाग्यो। समयावधि सकिएको ब्याट्रीले हाम्रो जीवनकै तलमाथि त पार्ने थिएन तर सामुद्रिक बसाई छोट्याउन दबाब आइलाग्यो।
झर्दै गर्दा हाम्रो सवम्यारिनको प्रतिध्वनि सूचकले केही चीज छुन गइरहेको संकेत ग-यो। यसो हेर्दा त हामी कुनै आकृति बेगरको सामुद्रिक पिँधमा पुगेका रहेछौं। सवम्यारिनको मधुरो प्रकाशमा विस्तारै हाम्रो आँखा अगाडि देखा पर्दै गयो। टाइटानिक सम्भवत १२० मिटर जति टाढा हुनुपथ्र्यो। बाहिर भूमण्डलमा त यो दुरी भनेको केही होइन तर तीन किलोमिटरभन्दा तलको समुद्रभित्र त्यस्तो घोर अन्धकारमा सय मिटर भनेको त हजार मिटर जस्तो हो। प्रतिध्वनि यन्त्र विना त त्यो जहाज यहाँ हुनुपर्छ भन्ने कुरा केवल अनुमान मात्र थियो।
राल्फले हामी चढेको एल्भिनलाई पश्चिमतर्फ मोडे। यसो गर्दा त्यहाँको सामुद्रिक पींध अनौठो देखियो। यसको जमिन त सिधै ठाडो भीरजस्तो देखियो। हाम्रो मुटु ढुकढुक गर्न थाल्यो। मैले भने- ‘राल्फ, ठीक गरेछौ, त्यो माटाको ढिस्कोको अर्को छेउमा केही कालो पर्खाल जस्तो देखिन्छ नि।’ राल्फले बिस्तारै एल्भिन बढाए। हजारौं पटक यात्रा गर्दा नदेखेको समुद्रभित्रको जमिनमा गाडिएको अन्तहीन भीमकाय कालो स्टीलको पर्खाल हाम्रो अगाडि देखाप-यो, जुन टाइटानिकको सम्पूर्ण भाग थियो।
टाइटानिक देख्ने बित्तिक्कै हाम्रो माथि सतहमा फर्कने बेला भइहाल्यो। भोलि आउन पर्दा फेरि हामीले यान्त्रिक तयारी गराइवरी जहाज लिएर आउनुपथ्र्यो। एल्भिनको यान्त्रिक गडबढीलाई ठीक गर्न हामीले तीनैजना जहाजीले रातभर काम ग-यौं। मार्टिनले अत्याधुनिक रोबोटको परीक्षण गरे। लामो दुरीको गहिराइको यात्रामा यो रोबोट अनिवार्य हुन्छ।
जहाजको गोलाकार आँखीझ्यालमा भिडियो क्यामेरा लगायौं। ६० मिटर लामो डोरीले त्यो रोबोट बाँध्यौं। अब सबैतिर तयारी पूरा गरेर टाइटानिकका सबै दृश्य र विवरण सबैलाई बुझ्न सकिने गरी तस्बिर र विवरणबाट तयार गर्ने आशा राख्यौं। टाइटानिक किन डुब्यो ? अझै रहस्यपूर्ण छँदैछ। त्यो जहाज फेला पारेर त्यसभित्र प्रवेश गर्नु आफैंमा जटिल काम थियो।
टाइटानिकभित्र त्यो रोबोट पसाउने ठाउँ मिलेमा त्यसलाई भित्र पठाएर काम गराउने हाम्रो विचार हो। सन् १९८५ को खोज टोलीबाट उपलब्ध केही फोटोहरु मसँग थिए। सबैभन्दा भरपर्दो प्रवेशद्वार चाहिँ अगाडि पट्टिको भरेङ रहेको प्वाल नै हुन सक्थ्यो। ठूलो सिसाले त्यसलाई ढाकेको थियो। तर त्यो फुटेर गएको रहेछ। रोबोटलाई त्यसैबाट भित्र पठाएर काम लिन सकिन्थ्यो।
हामीले सतह छोड्दा रोबोटमा जडान भएको मोटरभित्र पानी पसेर त्यसलाई बेकम्मा बनाइदियो। अब बित्यास परेन त ! मार्टिन र म दुवै निरास भयौं। जेहोस डुबानमा पर्ने निधो भयो। यसक्षेत्रको १२ दिनको बसाइमा एकैछिन पनि म खेर फाल्न चाहन्नथें। रोबोट विना पनि केही त गर्न सकिन्थ्यो।
दोस्रो पटक टाइटानिक देख्दा त्रासले हाम्रो सास नै रोकियो। अन्धकारभित्रबाट जहाजको अघिल्लो धारिलो भाग अप्रत्याशित रुपमा हामीतिर सोझै आउँदै गरेको जस्तो लाग्यो। त्यो हमलाबाट बच्न छेउ लाग्नुपर्छ जस्तो मैले ठानेँ। तर त्यो शताब्दीअघि नै डुबेर समुद्रभित्र गाडिएको जहाज कहाँ हिँड्न सक्थ्यो र ?
दोस्रो पटक टाइटानिक देख्दा त्रासले हाम्रो सास नै रोकियो। अन्धकारभित्रबाट जहाजको अघिल्लो धारिलो भाग अप्रत्याशित रुपमा हामीतिर सोझै आउँदै गरेको जस्तो लाग्यो। त्यो हमलाबाट बच्न छेउ लाग्नुपर्छ जस्तो मैले ठानेँ। तर त्यो शताब्दीअघि नै डुबेर समुद्रभित्र गाडिएको जहाज कहाँ हिँड्न सक्थ्यो र ? खिया लागेर जहाजको वरिपरि रातै खियाको खोलोजस्तो बग्थ्यो। १३ मिटरजति पर एउटा खाल्डोमा जहाजबाट निस्किएको खियाको दह जमेको थियो। हामीले जहाजको अघिल्लो भागको अजंग धातु पर्खाललाई उठाउने प्रयत्न ग-यौं।
जब हाम्रो जहाज एलभिन विस्तारै टाइटानिकको अगाडि पट्टिको छततिर जान थाल्यो, मेरा आँखा त्यहाँको सबै ठाडा चीजहरुमा ठोक्किए। छतमाथिका पोस्टर, लङगुरका सिक्री र अझ पित्तलले मोरिएका ठाडा खम्बाहरु देखिए। सुरुमा त त्यो जहाज अलिक टाढा थियो र म छुन सक्दिन थिएँ। तर अब त नजिकै थियो, वास्तविक थियो। काठको दलिनमाथि व्यापक रुपमा चुन पोतिएको जस्तो देखिन्थ्यो। ती चुनका सेता लुम्साले काठ त मक्काइसकेको थियो। तिनीहरुमा सेतो लेउ लागेको थियो। जहाजको भित्र काठले बनेको कुनै वस्तु तन्दुरुस्त छन् भन्ने कुरामा कुनै आशा बाँकी रहेन। समुद्रको नुनिलो पानीले भन्दा जीवास्पका कत्लाले जहाज पुरै निलेको थियो।
त्यो जहाजको धातुयुक्त छतले हाम्रो जहाज एल्भिनको भार खप्न सक्छ, सक्दैन भनेर म विचार गर्न थालें। स्टीलको पातामाथि करर… गर्दै एल्भिन बस्यो। त्यो स्टीलको पातो झरेमा जहाजसहित हामी गल्र्याम गुर्लुम खस्ने थियौं। तर त्यो स्टीलको छत बलियो रहेछ। हल्लिएन अडियो। अब हामीलाई जानकारी भयो कि भविष्यमा पनि टाइटानिकको यो भागले अर्को सवम्यारिनलाई सुरक्षित थाम्न सक्छ। त्यो धातुले मोरिएको धुवाँदानी २३ मिटर अग्लो धुवाँ जाने फनेलमाथि अवस्थित थियो। हामी जहाजको सिंढीमा आइपुग्यौं। राल्फले हाम्रो जहाजलाई १ नम्बर छतको झ्यालतिर मोडे। प्रथम श्रेणीका यात्रु रहने, बस्ने घुमफिर गर्ने १ नम्बर छत बन्द अवस्थामा थियो। १ नम्बर छतबाट खिया र लेउको लुम्सोबाट खियाजनित रस टप्कदै थियो।
एल्भिनबाट एक्कासी डरलाग्दो आवाज आयो। केही सीसा फुटेजस्तो आवाज आइरह्यो। खिया मिसिएको छाँगो खस्दा हाम्रो जहाजको झ्याल छोपियो। मैले राल्फलाई केही ठोक्किएजस्तो लागेको बताएँ। राल्फले उत्तर दिँदै भन्यो- म एल्भिनलाई पछाडितर्फ लाँदैछु।
अदृश्य झुण्डिएका लुम्सा र लहराहरु पनडुब्बी चालकका लागि भयानक सपनाजत्तिकै चुनौतीपूर्ण हुन्छन्। टेडोमेडो गर्दै पछि सार्दै राल्फले हामीलाई विस्तारै मास्तिर ल्याए। हाम्रो अगाडिको दृश्यपटमा एउटा ठूलो क्रेन चिप्लिएर झर्दै थियो। यसैमा हाम्रो एल्भिन ठोक्किएको थियो। आइडा र इसिडोरका दम्पत्ति बरु बिलाएर जाने तर नछुट्टिने प्रण गरी नछुट्टिएजस्तै दुई क्रेन जोल्ठिएका थिए।
सन् १९८५ को टोलीबाट प्राप्त फोटोहरुबाट हामीलाई ज्ञात थियो कि टाइटानिकको पछिल्लो भाग तोडिएको थियो र अहिले अघिल्लो भागभन्दा झण्डै ६ सय मिटर पर थियो। त्यसैले हामीले अघिल्लो भागको अन्त्यदेखि पछाडि सर्दै हेर्दै गर्न थाल्यौं। २ नम्बरको धुवाँ फाल्नेपछि छत भाँच्चिएर धारिलो र ठाडो परेको थियो। त्यो जहाजको परिचयात्मक रेखाहरु बांगिएका र फुटेका स्टील पातामा लोप भइसकेका थिए। हामीले हाम्रो जहाजको पथ बदल्यौं। अनि बाहिर निस्कने गर्न थाल्यौं।
अर्को दिन पाइलट डुडले फोस्टर पनडुब्बीलाई टाइटानिकको अघिल्लो भागको भ-याङ नजिक पु-याए। मार्टिन रोबोट सञ्चालन गर्ने तर्खरमा थिए। समुद्रभित्र त्यो रोबोट चालू हुन्छ, हुँदैन उनलाई दोधार थियो। रोबोट समुद्रभित्र परीक्षण गरिएको थिएन। फेरि समुद्रभित्र प्रति वर्ग सेन्टिमिटर चार सय २० किलोको दबाब पर्दछ। त्यो चाप रोबोटले थेग्न सक्नुपर्ने थियो। सिद्धान्तत रोबोटले त्यो दबाब सहन गर्दै काम गर्नेछ भन्ने हामीलाई विश्वास थियो। यन्त्रको सहायताले मार्टिनले सफलतापूर्वक त्यस्को ग्यारेजबाट सकुशल निकाले। चारवटा मसिना चक्कुले भ-याङ प्वाल पारेर रोबोटलाई घोर अन्धकारमा धकेले।
सुरुमा त्यो रोबोटले केही देखाउन सकेन। त्यो जति जति तल झर्दै गयो, एउटा कोठा १ नम्बर छतमुनि देखाप-यो। मार्टिनले जेजेलाई वरिपरि घुमाए अनि पर केही वस्तु देखे ‘उ त्यहाँ’ उनले विस्तारै भने- ‘त्यो त बहुबत्ती स्ट्याण्डजस्तो छ नि त।’ ‘अहँ होइन होला’ मैले भने- ‘यतिका समयसम्म त्यो कसरी रहिरह्यो होला ?’ त्यो जहाज डुब्दा कुनै रेल पहाडमा दौडदै गर्दा एक्कासी ठक्कर खाएजस्तै गरी तीन किलोमिटर तल झरेर समुद्र पींधमा ठूलो ठक्कर सहित भासिन पुगेको हुनुपर्छ। त्यसभित्रका बाथरुम, ट्वाइलेट, बाथटप, बत्ती , फर्निचर पूर्णतया सुरक्षित थिए। मैले मार्टिनलाई कोठाभित्र पस्न कोशिस गर्न भनें। मार्टिनले त्यो रोबोटलाई ती फिक्चरका आधारमा टाढासम्म पु-याएँ।
‘बब, हाम्रो समय छोटो छ। हामी अब सतहतिर फर्कनु पर्छ।’ डडले धारिलो शब्द प्रयोग गरे। सबम्यारिन एल्भिनका जहाजी क्रुहरुले समय तालिकालाई अत्यन्त कडाइसाथ पालना गर्नुपर्छ, अन्यथा ज्यान जोखिममा पर्नसक्छ।
‘बब, हाम्रो समय छोटो छ। हामी अब सतहतिर फर्कनु पर्छ।’ डडले धारिलो शब्द प्रयोग गरे। सबम्यारिन एल्भिनका जहाजी क्रुहरुले समय तालिकालाई अत्यन्त कडाइसाथ पालना गर्नुपर्छ, अन्यथा ज्यान जोखिममा पर्नसक्छ। यहाँ कुरा के थियो भने रोबोट भर्खर भ-याङ प्वालभित्र जाँदै थियो। त्यो एक सपना पूरा भएजस्तो लागेको थियो। त्यसैले समय सकियो भन्दा मलाई विरोधमा बोलुँ बोलुँ जस्तो लागेको थियो।
त्यसपछिका दिनहरुमा हामीले त्यो अन्वेषणको काम छोड्नअघि आठ पटकसम्म टाइटानिकमा आउँदै, जाँदै ग-यौं। छैटौं पटकको यात्रामा अघिल्लो भाग र पछिल्लो भागको बीचमा हजारौं चीजबिज वस्तुहरु समुद्रको पींधमा छरिएका थिए। भाँडाकुँडा, चाँदीका प्लेट, ट्रे, रक्सीका बोतल, जुत्ता र वाथट्युबहरु छरपस्ट थिए।
एक्कासी मेरा आँखा एउटा सेतो अनुहारमा परे। एकछिन त मैले सोचें कुनै जीवित लास नै धातुमा परिणत भएर रह्यो होला। तर त्यो विचार तुरुन्तै गायव भयो। नियालेर हेरेको त त्यो त एउटा खेलौना रहेछ। त्यसको टाउको र लुगा गुम भइसकेका थिए। मलाई एउटा गहिरो छाप प-यो। त्यो खेलौना खेलाउने केटी हुँदी हो। त्यो जीवित होली अथवा यो खेलौनालाई च्यापी च्यापी चिसो पानीमा डुबेर प्राण त्यागी होला कि !
आठौं पटकको अन्वेषण कार्य खासगरी हामीले जहाजको पछाडिपट्टिको भागमा ग-यौं। त्यो पछिल्लो भाग तुलनात्मक रुपमा अगाडिभन्दा बढी क्षतिग्रस्त थियो। हामीले त्यो जहाजसँगै मृत्युवरण गर्न पुगेका १५ सय यात्रुको स्मरण स्वरुप एक सम्झनापट तयार गरेर त्यहाँ राख्यौं।
त्यो गहिरो महासागर नै टाइटानिकको शान्त वासस्थान रहेको छ। एउटा गुमेको युगको केवल स्मृति संगालेर त्यहाँ समुद्रभित्र स्मृति चिन्ह मात्र बोकेर टाइटानिक शान्त, स्थिर रुपमा समुद्रभित्र अन्धकारमा बसिरहेछ। म जबजब टाइटानिकलाई सम्झन्छु- भीमकाय शरीर सहित समुद्रको गर्भमा ठाडो आशनमा आफ्नै प्रतिष्ठा बोकेर कुनै क्षति नभएको शैलीमा शान्त र पूर्ण विश्राममा पल्टिरहेको छ।