समाचार

सदनभित्र र बाहिर मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक छ : प्रवक्ता सापकोटा

By खबरहब

August 11, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीको रूपमा ठूलो दल माओवादी भएकाले सदनमा पनि प्रतिपक्षी मोर्चा बनाउने कुरामा सबै दलसँग संवाद र सहकार्य गर्ने बताएका छन्।

उनले सदनभित्र र सदन बाहिर पनि मोर्चा बनाएर अगाडि बढ्न माओवादी सकारात्मक रहेको र अन्य साना दलहरू पनि सकारात्मक भएको जिकिर गरेका छन् ।

आइतबार उनले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘माओवादीले सदनभित्र रहेका र सदन बाहिर रहेका सबै दलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा सबैले एकमत राख्नुभएको छ। आज १४ जना स्थायी कमिटी सदस्यहरूले बोल्नुभएको थियो। यो विषयमा उहाँहरूले पनि सकारात्मक धारणा राख्नुभएको छ।’