अपराध

माता र भक्तबीच प्रेम ! विवाह गर्न दबाब दिएपछि माताकै हत्या

By खबरहब

August 11, 2024

रुकुम पश्चिम-  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ४ लामाचौरकी ४९ वर्षिया सुशीला मल्लको हत्यामा संलग्न रहेकाे आरोपमा एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आइतबार सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न चौरजहारी नगरपालिका ११ माथिल्लो सर्केनाका २३ वर्षिय प्रेम मल्ललाई प्रहरीले सार्वजनिक गरेको हो । प्रारम्भिक अनुसन्धानबाट मृतक सुशीला र प्रतिवादी प्रेम बिच डेढ वर्ष अगाडी जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई नम्बर साटासाट गरी बेला बेला भेटघाट हुने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार  सोही क्रममा साउन २१ गते सोमबार प्रतिवादी प्रेम भेटघाटको लागि आफ्नो घरबाट मृतक सुशीलाको घरमा आई सोही दिनको राती सुशीलासँगै बसेको खुलेको छ ।

‘२२ गते बिहानै उठी रिम्ना बजार, चाइनाबगर गई घुमफिर गरेर साँझ पुनः सुशीलाको घरमा गई राति १२ बजे मृतक सुशीलाले हाम्रो सम्बन्धबारे गाउँघरका मानिसहरूले थाहा पाइसकेका छन् तिमिले मलाई विवाह गर भनी प्रस्ताव राखेकोमा प्रेमले शुसिलाई विवाह गर्न नसक्ने अवस्था भएकाले सुशीलालाई मार्ने मनसाय बनाई प्रतिवादीले तावा ,सिलौटो, लोहोरो लगायतका घरेलु औजारले प्रहार गरी सल्लले घाँटी बाँधी थिचेर मारेको अनुसन्धानबाट खुलेको छ’ डियसी पोखरेलले भने।

घटना पश्चात् मृतक सुशीलाको इन्फिनिक्स मोबाइल आफ्नो कोठामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरिएको छ । आइतबार जिल्ला अदालत रुकुम पश्चिमबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा प्रतिवादीलाई प्रहरी हिरासत कक्षमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

मृतक सुशीला साउन २३ गते बिहान आफ्नै घरमा मृत फेला परेकी थिइन । घटना सकांशपद देखिएपछि  प्रहरीले केनाई शाखा कोहलपुर बाँकेबाट तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

सोही क्रममा हत्यामा संलग्न प्रतिवादीलाई चौरजहारी नगरपालिका ११ घर नजिकबाट शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।