सांकेतिक तस्बिर

समाचार

क्यानडा पठाइदिन्छु भन्दै ठगीको आरोपमा एक जना पक्राउ

By खबरहब

September 11, 2024

काठमाडौं- वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

 पक्राउ पर्नेमा रोल्पा स्थाई ठेगाना भई हाल काठमाडौँ महानगरपालिका कलंकी बस्दै आएका २९ वर्षीय रणबहादुर घर्ती रहेका छन् ।

 उनी आठ जनालाई क्यानडा पठाइदिन्छु भनी पटक-पटक गरेर एक करोड पैँसठ्ठी लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बनस्थलीबाट पक्राउ गरेको हो । आवश्यक कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।