समाचार

सभामुख घिमिरेको गृहजिल्ला झापामा हुने भनिएको कार्यक्रम रद्द

By खबरहब

October 11, 2024

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहजिल्ला झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका छन् । 

उनले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयले वर्षेनी आयोजना गर्दै आएको दशैंको शुभकामना आदानप्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेका थिए । 

सचिवालयका अनुसार सभामुख घिमिरेले पारिवारिक शोकका कारण दशैंको टीका त्रयोदशीका दिनमात्रै लगाउने कार्यक्रम छ । उनले ९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट असोज २९ गते टीका लगाउने बताइएको छ ।