तस्बिर : असाही

अन्तर्राष्ट्रिय

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार

By खबरहब

October 11, 2024

काठमाडौं – अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को नोबेल शान्ति पुरस्कार जितेका छन् ।

नोबेल कमिटी प्रमुख जर्गेन वाइटेन फ्रायडसले आणविक हतियार रहित संसार बनाउने अभियानमा सक्रिय रहेका कारण उनलाई पुरस्कार प्रदान गरिएको जनाए । शुक्रबार ओस्लोमा आयोजित समारोहमा सो पुरस्कारका विजेता घोषित गरिएको हो । नोबेल पुरस्कार आयोजक कमिटीले २८६ दाबेदार मध्येबाट चयन गरेको हो । यसमा १९७ व्यक्ति तथा ८९ संस्था थिए । आवेदन महत्त्वपूर्ण निकायका अधिकारीले प्रस्तुत गर्न सक्ने छन् । 

राष्ट्रिय सभा, सरकार र अन्तर्राष्ट्रिय अदालतका अधिकारी लगायत आवेदन दिन सक्ने छन् । सन् २०२३ मा सो अवार्ड इरानकी महिला मानव अधिकारकर्मी नर्गेस मोहम्मदीले जितेकी थिइन् । उनले इरानमा भएको महिला हिंसाको विरुद्धमा आवाज उठाएको कारण सो अवार्ड पाएकी थिइन् । 

सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा खसालिएको बम प्रहारबाट बचेकाहरूको संस्था हिबाबुसाको नाममा सो संस्था रहेको थियो । सो दुखद घटनाको प्रत्यक्षदर्शीको रूपमा विभिन्न कार्यक्रममा उनको उपस्थिति थियो । 

स्टकहोम स्थित अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान प्रतिष्ठान (आएसआईपिआरआई)का प्रमुख डान स्मिथले हिबासुकालाई पुरस्कार प्रदान गरिँदा गर्वको महसुस भएको बताए । नागासाकीमा गरिएको प्रहार नै नोबेल पुरस्कारको इतिहासमा अन्तिम होस् भन्ने चाहना छ ।

 मानवताका लागि शान्तिपूर्ण भविष्यका लागि सो पुरस्कार घोषणा गरिएको नोबेल पुरस्कार कमिटीले जनाएको छ । विगत ८० वर्ष यता कुनै आणविक हतियार प्रयास नगर्नुलाई पनि महत्त्वपूर्ण मानिएको छ ।