समाचार

काठमाडौँका व्यस्त सडक दशैँमा सुनसान

By खबरहब

October 11, 2024

काठमाडौं– नेपालीहरूको महान पर्व दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंमा सवारिसाधन कम चलेका छन् ।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्कँदा काठमाडौंमा सवारिसाधन कम चलेका हुन् ।

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले जनसङ्ख्या पातलिँदै जाँदा सडकमा पनि सवारी कम देखिएको छ ।सडकमा हिँड्डुल गर्ने मानिस र सवारिसाधन कम देखिँदा बजार पसलहरूमा पनि चहलपहल कम  छ ।

दशैँका लागि मात्रै एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।