काठमाडौं– स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको राजीनामा स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको हो । स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका उनले थिए ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा लोहनीको राजीनामा स्वीकृत गर्ने निर्णयबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा जानकारी गराएका हुन् ।
लोहनीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० मङ्सिरमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । लोहनीले गत भदौमा राजीनामा दिएका थिए ।