विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् ।
सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत् प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले कार्यान्वयन गरिने जानकारी दिए ।
उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले एक वर्ष आठ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा प्रधानमन्त्री बन्ने बताए ।
उनले देउवा नेतृत्वको सरकारले नै निर्वाचन गराउने बताउँदै त्यसपछिको निर्वाचनले मुलुकको नेतृत्व चयन गर्ने स्पष्ट पारे ।
ओलीले प्रदेशले अधिकार माग्नेभन्दा विकास निर्माण र सुशासनमा अघि बढ्नु पर्ने जिकिर गरेका छन् ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले एसपीपी सम्झौताबारे कुनै कुरै नभएको स्पष्ट पार्दै यसबारे माओवादीको आरोप सरकारबाट हट्नु परेको छटपटी मात्रै भएको टिप्पणी गरे।
भिडियो