फाइल फोटो

समाचार

नेपालको परिवर्तनमा महिलाको महत्वपूर्ण योगदान : ओली

By खबरहब

January 12, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठुलो योगदान गरेका बताए । आफ्नो कारणले मात्र होइन कहिलेकाहीँ परिवारका सदस्यको कारणले पनि महिलाले राज्यबाट धेरै यातना खेप्नु परेको ओलीले बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ । ओलीले नेपालको राजनीतिक परिवर्तन तथा सामाजिक न्याय र समानताको आन्दोलनमा अखिल नेपाल महिला संघको असाधारण भूमिका रहेको बताए ।

 अनेमसंघ गठन हुनु अघि पनि महिलाहरूले नेपालको परिवर्तनमा असाधारण काम गरेको उनले स्मरण गरे।