संगीत

दिपेशको ‘खाम भने खाम’ सार्वजनिक

By खबरहब

January 12, 2024

काठमाडौं – गायक दिपेश श्रेष्ठ बैद्यको नयाँ गीत ‘खाम भने खाम’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्ष को अवसर पारेर हाइलाइट नेपाल नामक यूट्यूबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा गायक बैद्यको आफ्नै शब्द तथा संगीत रहेको भने म्यूजिक भिडियोमा नरेश केसी लगायत उमेश ठकुरी , भावना मगर ,इश्वरी लामिछाने र प्रिया सुनारको अभिनय रहेको छ ।

उक्त गीत यूट्यूब, एप्पल संगीत, अमेजन संगीत लगायत ३० भन्दा बढी संगीत प्लेटफर्ममा सुन्न सकिन्छ । त्यस्तै आगामी बर्ष देखि बार्षिक ३ वटा सम्म गीत रिलिज गर्ने लक्ष्य रहेको गायक बैद्यले बताए । हाल उनी पहाडी जीवन बोलको गीत को तयारी गर्दैछन।