मनोरञ्जन

विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि

By खबरहब

January 12, 2024

काठमाडौं – गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् । उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका थिए ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार सम्पन्न फिनालेमा टिम राजेशबाट मकर बहादुर योन्जन फस्ट रनरअप बने ।

त्यस्तै टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप हुँदा टिम प्रमोदबाट नोगेन लिम्बु थर्ड रनरअप बने।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ। फिनालेमा प्रतिस्पर्धीसहित कोच र लोकस्टारका जज तथाफाइनालिस्टले समेत प्रस्तुति दिएका थिए ।