ब्रेकिङ स्टोरी

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस राप्ती नदीमा खस्यो

By खबरहब

January 12, 2024

दाङ – राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ज ३९१२ नम्बरको बस राप्ती पुलबाट खसेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति साढे १० बजेतिर पुलबाट बस खसेको हो । अहिले उद्धार कार्य चलिरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।