जीवनशैली

शयन कक्षमा कस्तो रङ्ग र वालपेपर लगाउने ?

By खबरहब

February 12, 2024

काठमाडौँ– सुत्ने कोठालाई सुन्दर र चिटिक्क पारे तपाईँको वैवाहिक जीवन सुख र प्रेमले भरिपूर्ण हुन्छ ।

वैवाहिक जीवन प्रेमले भरिपूर्ण बनाउन अथवा घरको सौन्दर्य बढाउन पेन्टिङ र वालपेपरको माध्यमबाट घरको भित्तालाई अझ सुन्दर बनाउन सकिन्छ ।

यदि तपाईँ विवाहित हुनुहुन्छ भने पति–पत्नीको कोठालाई आकर्षित बनाउँदा दुईबीच रोमान्स र घरमा सकारात्मक ऊर्जा पनि फैलिन्छ ।

रंगले मान्छेको मनोभावसँग सोझो सम्बन्ध राख्ने भएकाले कस्तो रङ्ग लगाउने भन्ने कुरा जान्न जरुरी छ ।

दम्पतीको कोठामा मन्द किसिमको क्रिम रङ्ग, सेता र गुलाबी रङ्गको समायोजन उचित हुन्छ । यी रङ्गले माया, आकर्षण र सकारात्मक सोच बढाउन सहयोग गर्नेछ ।

कस्तो रङ शुभ हुन्छ ?

वास्तुशास्त्र अनुसार सुत्ने कोठामा दक्षिणमुखी भित्तामा मरुन वा गाढा पहेँलो रङ्गको प्रयोग गर्नु निकै शुभ मानिएको छ ।  श्रीमान् श्रीमती सुत्ने कोठामा कालो रंग लगाउनुलाई शुभ मानिँदैन । कोठामा  नीलो रङ्गको वालपेपर इन्स्टल गर्नाले श्रीमान् श्रीमतीलाई समस्या आउन सक्छ । यस्ता रंगले आवेग र क्रोध बढाउन सक्छ ।

थ्री डी वालपेपरलाई उत्तर वा पूर्व दिशामा राख्नु हुँदैन । यसलाई दक्षिण वा पश्चिम दिशाको भित्तामा प्रयोग गर्नु हुँदैन ।

कतिपयले कोठाको चारै भित्तामा वालपेपर लगाउँछन् तर वास्तुका अनुसार त्यसो गर्नु अशुभ मानिन्छ । सिन्थेटिक वालपेपरले जीवनमा समस्या निम्त्याउँछ र स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।

दम्पतीको शयन कक्षमा प्रेमिल भाव दर्शाउने चराको जोडीको फोटो राख्नु उपयुक्त हुन्छ । कोठामा हिंस्रक खालको, दुःखलाग्दो, युद्धको फोटो राख्नु हुँदैन ।