क्रिकेट

क्यानडाविरुद्ध नेपाल फिल्डिङमा, सिरिज ‘क्लिन स्वीप’ गर्ने लक्ष्य

By खबरहब

February 12, 2024

काठमाडौँ– नेपाल र क्यानडाबीच तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ ।

यसअघिका दुई खेल जितेर २–० ले सिरिज आफ्नो पक्षमा पारिसकेको नेपाल आजको खेल जित्दै सिरिज ‘क्लिन स्वीप’ गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । अघिल्ला खेलमा नेपाल सात रन र चार विकेटले विजयी भएको थियो ।

क्यानडाविरुद्धको अन्तिम खेलमा हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रियमा  डेब्यू गरेका छन् । सुदूरपश्चिम प्रदेशबाट उदाएका हेमन्तले सिनियर टिममा डेब्युको अवसर पाएका हुन् ।

यसैगरी सूर्य तामाङ, रिजन ढकाल र आसिफ शेख बेन्चमा रहँदा आरिफ शेख र कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।