क्रिकेट

क्यानडाविरुद्ध नेपालले लियो पाँचौँ  विकेट

By खबरहब

February 12, 2024

काठमाडौँ– क्यानडाविरुद्ध तीन खेलको अन्तिम एकदिवसीय सिरिजमा नेपालले पाँचौँ विकेट लिएको छ ।

कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो विकेटमा नेपालले पाँचौ सफलता हासिल गरेको छ । कुशलले ३७औँ ओभरको पाँचौँ बलमा हर्ष थेकरलाई आउट गरेका छन् । यसअघि १८औँ ओभरको अन्तिम बलमा कुशलले व्यक्तिगत पहिलो विकेट लिएका थिए ।

यस्तै, खेलको दोस्रो ओभरको दोस्रो बलमा हेमन्त धामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले ओपनर आरोन जोन्सनलाई आउट गरेका हुन् ।

यस्तै, आकाश चन्दले १४औँ ओभरको अन्तिम बलमा दोस्रो सफलता दिलाएका थिए भने ललित राजवंशीले चौथो विकेट लिएका थिए ।