मनोरञ्जन

‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक

By खबरहब

February 12, 2024

काठमाडौं– फागुन २५ बाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘रङ्गेली’को गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक भएको छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको साङ्गीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ ।

यस गीतमा निशान भट्टराईको स्वर रहेको छ भने सविन एकतारेका शब्दमा सुशान्त गौतमको सङ्गीत  दिएका हुन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । सुवेदी नै यसका लेखक हुन् । यसमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।