फाइल फोटो

समाचार

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

By खबरहब

February 12, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । 

काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले  यस्तो बताएका हुन् । 

यसैबीच पार्टीले गरेको रुपान्तरण अभियानका क्रममा खटिएका कार्यकर्ता र नेतालाई ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र दिने भएको छ ।

त्यस्तै  १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र र १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण साेधिने र कारवाही गर्ने निर्णय गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।