देश/प्रदेश

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

By खबरहब

February 12, 2024

काठमाडौं- पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले सूचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएका हुन् ।

गाउँपालिकाले जारी गरेको सूचनामा फागुन १ गते गाउँपालिका मातहत रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा बिदा हुने उल्लेख छ । अध्यक्ष माखिम नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।