जीवनशैली

श्रीमान् र श्रीमती बीचको विवाद हटाउन के गर्ने ?

By खबरहब

March 12, 2024

काठमाडौँ– श्रीमान् र श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु राम्रो हैन ।

यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कुण्डलीमा ग्रह दोष, आदी कारण हुनसक्छ ।

यस्तोमा यी दोष नास गर्न केही सामान्य उपाय गरे दाम्पत्य जीवन सुखमय बनाउन सकिने मान्यता छ ।

दाम्पत्य जीवन सुखमय बनाउने उपाय – हरेक शुक्रवार माता लक्ष्मीको उपासनासँगै भगवान् विष्णुको समेत पूजा गरेमा श्रीमान् र श्रीमतीबीचको विवाद क्रमशः कम हुने विश्वास छ । – भगवान् विष्णुको पूजा अर्चना गरी रस भएको मिठाई अर्पित गरी दुवैले यो प्रसाद खाएमा सम्बन्धमा मधुरता आउने छ । – घरमा वास्तु दोषका कारण पैदा भएका नकारात्मक ऊर्जा झगडाको कारण बन्न सक्छ । यस्तोमा घरको भुईँ पुछदा पानीमा थोरै नुन मिलाएर पुछेमा घरमा शान्ति आउने छ । – हरेक दिन बिहान र बेलुका पूरै घरमा कपूर बालेर घुमाएमा यसले पनि वास्तु दोष नास गर्ने र घरमा सकारात्मक ऊर्जा आउने बताइन्छ । – बेसारको बोटको ७ गाँठोलाई पहेँलो धागोले बाँधेर, बाँधिएका गाँठाहरू दायाँ हातमा लिएर ‘ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको ७ पटक जप गरे श्रीमान् र श्रीमतीबीचको सम्बन्धमा सुधार आउने छ । स्रोत : जी न्यूज