काठमाडौँ– सबै स्मार्ट फोनमा ब्लूतुथको सुविधा दिइएको हुन्छ । ब्लुटुथले स्पिकरहरू, हेडफोनहरू, फिटनेस ट्रयाकरहरु, किबोर्डहरू र स्मार्ट गृह उपकरणहरू जस्ता ताररहित यन्त्रहरूमा जडान गर्न मद्दत गर्न सक्छ ।
ब्लुटुथले फोटो, संगीत र भिडियोहरू सहित विभिन्न प्रकारका फाइलहरू ब्लूतुथको माध्यमबाट सहजै सार्ने गरिन्छ । यसले अन्य फोन एवम् विद्युतीय सामग्रीसँग सजिलै कनेक्ट गर्न सकिन्छ । त्यस्तै मोबाइल उपकरणलाई वाइफाई हटस्पटमा बदल्न पनि मद्दत गर्न सक्छ ।
ब्लुटुथ एक वायरलेस प्रविधि हो जसले छोटो दूरीमा यन्त्रहरू बीच डाटा आदान प्रदान गर्दछ । ब्लूतुथ एक पटक अन गरेपछि बन्द गर्न बिर्सिने हामी धेरैको बानी हुन सक्छ । यसरी सधैँ ब्लुटुथ अन राख्दा हुने जोखिमहरू यस्ता छन्–
ब्लूबगिङ् ब्लूबगिङ् भनेको एक प्रकारको ह्याकिङ सिस्टम हो । जसमा ह्याकरले पीडितको मोबाइलको एक्सेस लिएर मेलवेयर इन्स्टल गर्छन् । ब्लूतुथबाट मोबाइलको एक्सेसमा पुगेपछि ह्याकरले सजिलै फोन अनलक गर्न सक्छन् र मोबाइलमा रहेका गोप्य डाटाहरू, बैंक खातासम्म उनीहरू पहुँच पुर्याउन सक्छन् ।
एक पटक ह्याकरले फोनमा पहुँच पुर्याएर मेलवेयर इन्जेक्ट गर्छन् र मेलवेयरको सहायताबाट फोनको सम्पूर्ण अनुमति पाइ फोनमा भएको गोप्य फाइलहरू पनि हेर्न सक्छन् साथै कल रेकर्डसमेत फेला पार्न सक्छन् ।
ब्लूबगिङ् रोक्नका लागि सार्वजनिक स्थानमा ब्लूतुथ सधैँ बन्द गर्नुपर्छ यसका साथै कुनै पनि अज्ञात उपकरणबाट जोडिन अनुरोध आएको छ भने कनेक्ट गर्नु हुँदैन ।
ब्लुस्नार्फिङ ब्लुस्नार्फिङ एउटा खराब साइबर आक्रमण हो । जसले ब्लुटुथ प्रयोग गरेर ह्याकरले फोटो, म्यासेज, इमेल, र थपमा पहुँच प्राप्त गर्न सक्छ । एक पटक उनीहरूले यो जानकारी प्राप्त गरेपछि, पहिचान चोरी जस्ता आपराधिक गतिविधिहरूको लागि पनि प्रयोग गर्न सक्छन् ।
ब्लुज्याकिङ ब्लुटुथ उपकरणमा अनावश्यक स्प्याम र फिसिङ सन्देशहरू पठाउनु ब्लुज्याकिङ भनिन्छ । यी सन्देशहरूमा मालवेयर समावेश हुन सक्ने मालिसियस लिंकहरू र एट्याचमेन्टहरू पनि हुन सक्छन् ।
ब्लुस्म्याकिंग ब्लुस्म्याकिंग भनेको सेवालाई अस्वीकार गर्ने (डीओएस) आक्रमण हो जुन मोबाइलको यन्त्रलाई दबाउन र जबरजस्ती बन्द गर्न डिजाइन गरिएको हुन्छ । साइबर अपराधीहरूले डाटाको ठूलो प्याकेटहरू पठाएर आक्रमण गर्छन् । ह्याकरहरूले तपाईँको उपकरण बन्द भएपछि थप गम्भीर आक्रमणहरूको लागि गेटवेको रूपमा ब्लुस्म्याकिंग प्रयोग गर्नेछन् ।
स्रोत : विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा