ब्रेकिङ स्टोरी

कांग्रेस पदाधिकारी बैठक बस्दै

By खबरहब

March 12, 2024

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ ।

बैठकमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको रुपमा सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ ।

सत्ताबाट बाहिरिएपछि कांग्रेस सभापति देउवाले पार्टीभित्र र सरकारमा नगएका दलहरुबीचको छलफललाई तिव्रता दिँदै आएका छन् ।