खेलकुद

इंग्लिस प्रिमियर लिग : चेल्सीको रोमाञ्चक जित

By खबरहब

March 12, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हराउँदै चेल्सीले रोमाञ्च जित हासिल गरेको हो।

चेल्सीका लागि निकोलस ज्याक्सन, कोल पाल्मर र मिखाइलो मुड्रिकले एक–एक गोल गरेका थिए । यस्तै, न्युक्यासलका अलेक्जेन्डर इसाक र याकोब मर्फीले गोल गरेका थिए ।

चेल्सीका निकोलसले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४३औँ मिनेटमा न्युक्यासलका अलेक्जेण्डरले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, चेल्सीका पाल्मरले ५७औँ र मुड्रिकले ७६औँ मिनेटमा गोल गर्दै टोलीलाई ३–१ गोलको अग्रता दिलाए । त्यसपछि न्याक्यासलका याकोबले एक गोल फर्काउँदै खेललाई ३–२ को अवस्थामा ल्याए पनि टोलीको हारलाई टार्न सकेनन् ।

जितसँगै २७ खेलबाट ३९ अंक जोडेको चेल्सी ११औँ स्थानमा छ। पराजित भएको न्युक्यासल २८ खेलबाट ४० अंकसहित १०औँ स्थानमा छ ।