राजनीति

नेपाल प्रहरीलाई गृहमन्त्रीको अपिल : सही कामका लागि आदेश कुर्नु पर्दैन !

By खबरहब

March 12, 2024

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काममा संलग्न जो कोहीलाई कारबाही गर्न आदेश नकुर्न नेपाल प्रहरीलाई अपिल गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल भन्दै सही काम गर्नका लागि कुनै आदेश कुर्न नपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘देशको कुनै पनि भागमा कुनैपनि व्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टीवाला होइन, देशवाला) !!’