राजनीति

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, राष्ट्रियसभा अध्यक्षमा दाहाललाई मत हाल्ने

By खबरहब

March 12, 2024

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो ।

यस्तै एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उम्मेदवार नारायण दाहाललाई मतदान गर्ने भएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारलाई मतदान गर्न सहमत भएको जानकारी दिए ।