समाचार

शर्मा पुरानो मान्छे हो राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् : ढुङ्गाना

By खबरहब

March 12, 2024

काठमाडौँ– नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानाले राष्ट्रियसभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्मालाई मत दिन अनुरोध गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै शर्माका प्रस्तावक ढुङ्गानाले कांग्रेसबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्मा पुरानो, योग्य र निष्ठावान् व्यक्ति रहेकाले मत दिनु न्यायसंगत हुने बताए ।

उनले भने, ‘युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् । युवराज शर्मा २०२४ सालबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ योग्य र निष्ठावान् हुनुहुन्छ ।’

नेता ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्कासि समीकरण बदलेकोमा आक्रोस समेत व्यक्त गरे ।