काठमाडौं– हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरू मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा बुढानीलकण्ठ नगरपालिका- ८ बाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ ।
आइतबार बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका थिए ।
यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरी आइतबार देखि सेवा सुचारु गरेको छ ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पाेस टर्मिनलहरू र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।