खेलकुद

बेंगलोरमाथि मुम्बईको सहज जित

By खबरहब

April 12, 2024

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा मुम्बईले बेंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।

बेंगलोरले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि बेंगलोरले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जारी आइपिएलमा मुम्बईको यो दोस्रो जित हो । ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अंक भएको छ र सातौँ स्थानमा उक्लिएको छ ।

त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरको यो पाँचौं हार हो । ६ खेलमा एक जित हासिल गरेको बेंगलोरले ५ हार बेहोरेको छ ।