वर्ष २०८० नेपाली खेलकुदका लागि आंशिक सफलता तथा धेरै निराशाका साथ गएको छ। हरेक वर्ष झैँ यस वर्ष पात्रो फेरिँदै छ। नेपाली खेलकुद उही प्रवृत्ति, उही शैली र उही सोचका साथ अघि बढ्दै छ।
‘मेरिट सिस्टम’ माथि ‘रिफर सिस्टम’हाबी भएको नेपाली समाजको विकृत स्वरूपले वर्ष २०८० को नेपाली खेलकुदलाई प्रभावमा पारेको छ। राज्यका निकायसम्म सामान्य सङ्घ संस्थाले जिम्मेवारी दिँदा योग्यता र दक्षताको आधारमा भन्दा कसलाई जिम्मेवारी दिँदा विभिन्न शक्ति केन्द्र रिझाउन सहज हुन्छ भन्ने कुराले वर्षभर नै प्रभावमा पारेको छ।
यो वर्षको सबै भन्दा प्रमुख खेल चीनमा भएको एसियाली खेलकुद नै हो। प्रतियोगितामा नेपाली कराते खेलाडी एरिका गुरुङले रजत पदक जित्न सफल भइन् भने नेपाली कबड्डी टोली कास्य पदक जित्न सफल भयो। टिम गेममा नेपालले एसियाली खेलकुदमा पाएको त्यो नै पहिलो पदक हो।
एसियाली खेलकुदकै हकमा अनुशासनको पर्याय मानिने खेलकुद क्षेत्र बदनाम भएको थियो। एसियाली खेलकुदका लागि भएको कराते खेलको छनोटको क्रममा हलमा कुटाकुट नै भएको थियो।
सम्बन्धित खेल भन्दा बाहेकका व्यक्तिलाई टिम म्यानेजर बनाउने प्रचलन यो वर्ष पनि कायम रहेको छ। यसक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ तथा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घको नेतृत्व समेत रहे। खेलकुदमा कुनै सङ्घ संस्थाको स्थापना सो क्षेत्रमा संलग्नको हक र हितको भन्दा पनि बढी संस्थाको नेतृत्व गर्दै व्यक्तिगत लाभ लिनको लागि भएको पुष्टि एसियाली खेलकुदमा भएको थियो।
एसियाली खेलकुदकै हकमा अनुशासनको पर्याय मानिने खेलकुद क्षेत्र बदनाम भएको थियो। एसियाली खेलकुदका लागि भएको कराते खेलको छनोटको क्रममा हलमा कुटाकुट नै भएको थियो।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको जवाफ त अझ गैरजिम्मेवार छ। ‘खेलकुदमा योगदान रहेका कारण लानैपर्ने व्यक्तिलाई यसरी खाली भएको मेनेजर पदमा लगिएको हो,’ श्रेष्ठ गैरजिम्मेवार जवाफ दिँदै पन्छिएका थिए।
करातेका कुशल श्रेष्ठ र कबड्डीका पार्वती राईले आफूलाई नेपाली खेलकुदको अब्बल प्रशिक्षकको भएको पुष्टि गरे। कराते खेलको मुख्य प्रशिक्षक पद खाली भएको थियो। तुलसी महर्जनको पद खाली भएपछि नेपाल कराते महासङ्घले वरिष्ठताको मापदण्ड मिचेर राष्ट्रिय खेलकुद परिषदमा तेस्रो तहका अधिकृत नारायण देव राणालाई मुख्य प्रशिक्षकको रूपमा सिफारिस गरेको थियो।
दोस्रो तहका अधिकृत नेपाल एपिएफलाई थुप्रै सफलता दिलाएका दीपक श्रेष्ठले पनि दाबी गरे पनि राष्ट्रिय खेलकुद परिषद् निर्णय गर्न असफल भएको थियो।
यसै वर्ष राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय टिम तयारी समितिको निर्देशकमा दीपक विष्टलाई चयन गरेको थियो। संयोग यस्तो थियो धेरै लामो समयपछि एसियाली खेलकुदमा नेपालले एक भन्दा बढी पदक जितेको प्रचार गरेर त्यसको जस लिन परिषद् लागि रहेको समयमा एसियाली खेलकुदमा राष्ट्रिय टिमको निर्देशक भएका महेन्द्र राईलाई पदमुक्त गर्दै खेलाडीको रूपमा स्टारडमको नाममा दीपक विष्टलाई चयन गरियो।
एसियाली खेलकुदमै ह्यान्डबलमा अहिलेसम्म सबै भन्दा महत्त्वपूर्ण उपलब्धि दिलाएकी पूर्व कप्तान रञ्जना राईको गुनासो सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो। गत वर्ष भएको नवौँ राष्ट्रिय खेलकुदमा सहभागी नभएको भन्दै उनलाई एसियाली खेलकुदमा सहभागी हुने टोलीमा समावेश गरिएन।
जबकी नवौँ राष्ट्रिय खेलकुदको आयोजना समयमा एसियाडका लागि कुनै क्राइटेरिया नै तय भएको थिएन। समाचार श्रोतका अनुसार त्यो राष्ट्रिय खेलकुदमा सहभागी नभएकी एक खेलाडीलाई भने एसियाली खेलकुदमा सहभागी गराइएको थियो।
नेपाल ओलम्पिक कमिटीको मनोमानी वर्ष २०८० मा पनि कायम रह्यो। नेपाल ओलम्पिक कमिटीको नेतृत्वदायी तहमा रहेका पौडी, टेबल टेनिस, फेन्सिङ, ब्याडमिन्टन, एथलेटिक्स र टेनिसका साथै लामो समय ओलम्पिक कमिटीको नेतृत्व गरेको जिम्न्यास्टिक लगायत खेलको साधारण सभा हुन सकेको छैन।
यो वर्ष केही खेलका प्राविधिक संरचना नै ध्वस्त भयो। वरिष्ठता र योग्यतालाई बेवास्ता हुनेक्रम विगतमा सबै भन्दा धेरै नतिजा दिलाउने खेल तेक्वान्दोमा नै भएको थियो। तेक्वान्दोको मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई संघले पूर्ण बेवास्ता गरेको थियो। श्रेष्ठ सहितको प्रशिक्षण टोलीले १२ औं एसियाली खेलकुदमा शानदार सफलता दिलाएको थियो। यसै बापत श्रेष्ठले धेरै संस्थाबाट उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि पाएका थिए।
त्यसपछि भएको विवादले यसरी गाँजेको थियो कि एकदमै कनिष्ठ प्रशिक्षकका साथमा नेपालले एसियाली खेलकुदमा सहभागिता जनाएको थियो। टार्जन सुब्बाले घरेलु प्रतियोगितामा कुनै महत्त्वपूर्ण सफलता दिलाएको इतिहास छैन।
यसैगरी पुम्सेमा घरेलु प्रतियोगितामा कुनै नतिजा दिलाउने नसकेका कविराज खड्गीलाई जिम्मेवारी दिइएको थियो। खड्गी महासचिव दिपराज गुरुङको निकटस्थ व्यक्तिको रूपमा परिचित छन्।
नेपाल ओलम्पिक कमिटीको मनोमानी वर्ष २०८० मा पनि कायम रह्यो। नेपाल ओलम्पिक कमिटीको नेतृत्वदायी तहमा रहेका पौडी, टेबल टेनिस, फेन्सिङ, ब्याडमिन्टन, एथलेटिक्स र टेनिसका साथै लामो समय ओलम्पिक कमिटीको नेतृत्व गरेको जिम्न्यास्टिक लगायत खेलको साधारण सभा हुन सकेको छैन।
सङ्घको वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ। एउटा निश्चित समूहको घेराबन्दीमा पर्दै ओलम्पिक मुभमेन्टमा छिर्न नदिएको आरोप अन्य सक्रिय सङ्घका अध्यक्षले लगाउँदै आएका छन्। धेरै ओलम्पिक कमिटीको नेतृत्वदायी खेल भन्दा सक्रिय रहेको तथा ओलम्पिक खेलमा समेत समावेश स्केट बोर्डिङ पनि नेपाली ओलम्पिक मुभमेन्टमा समावेश छैन।
स्केट बोर्डिङका समीर विल्सन, गजेन्द्र बर्देवा, धिरज परियार, वसन्त राई र एलन राई अहिले दक्षिण एसियामा नै उत्कृष्ट खेलाडीको रूपमा परिचित छन्। भारतमा आयोजित प्लेट बिमिस्टिक गजेन्द्रले शानदार प्रदर्शन गरेका थिए।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनाल ओलम्पिक नेतृत्व पूर्वाग्रही भएको गुनासो गर्छन्। पछिल्लो समय जापान र संयुक्त अरब इमिरेट्समा भएको ओलम्पिक छनोटमा नेपाली खेलाडी उपाधि नजिक पुगेको खनाल बताउँछन्। वर्षौँदेखि नेपालमा स्थापित खेलमा नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन धेरै नै तल्लो स्तरको हुने गरेको छ।
स्केट बोर्डिङका समीर विल्सन, गजेन्द्र बर्देवा, धिरज परियार, वसन्त राई र एलन राई अहिले दक्षिण एसियामा नै उत्कृष्ट खेलाडीको रूपमा परिचित छन्। भारतमा आयोजित प्लेट बिमिस्टिक गजेन्द्रले शानदार प्रदर्शन गरेका थिए। ‘हामी राम्रो खेलाडी उत्पादन गर्ने, हामी नै प्रशासनिक प्रक्रिया पुरा गर्ने। हाम्रै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो खेल्ने। अनि पूर्वाग्रह पनि हामी माथि ?’ खनालको आक्रोश थियो।
खनालको आक्रोश जस्तै पूर्वाग्रही भएको तथा व्यक्तिगत निकटताको आधारमा निर्णय गर्ने गरेको आरोप राष्ट्रिय खेलकुद परिषद् मात्र होइन नेपाल ओलम्पिक कमिटी माथि पनि लाग्ने छ। खासमा सङ्घलाई ओलम्पिक मुभभेन्टमा आबद्ध गराउँदा निश्चित समूहको पकड फुस्कने डरले ओलम्पिक कमिटीको नियम खराब रहेको धेरैको मत छ।