स्वास्थ्य

लुम्बिनी प्रदेश लोकसेवा आयोगद्वारा स्वास्थ्यकर्मीका लागि विज्ञापन खुला

By खबरहब

April 12, 2024

दाङ- लुम्बिनी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ ।

आयोजले आज सूचना जारी गरी स्वास्थ्यका १५९ पदमा विज्ञापन खुलाएको हो । सबैभन्दा बढी कम्युनिटी नर्सिङका लागि अनमी ७९ पदमा विज्ञापन खुलाइएको छ । अहेब ७४ जनाका लागि विज्ञापन गरिएको छ । भने आयुर्वेदतर्फ बैद्य ५ जना र ल्याब असिस्टेन्ट ५ जना माग गरिएको छ ।

दरखास्त दिने मिति बैखाश २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म तोकिएको छ । यी पदमा लागि आगामी जेठको १८ र १९ गते परीक्षा मिति तोकिएको छ ।