खेलकुद

एसीसी प्रिमियर कपमा युएई र ओमानको विजयी शुरुवात

By खबरहब

April 12, 2024

काठमाडौं– एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ ।

ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

त्यसै गरी आयोजक ओमानले पनि बहराइनलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

समूह बि मा रहेका युएई र ओमानले यो जितपछि २-२ अंक हासिल गरेका छन् ।