समाचार

सत्यनिरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन  

By खबरहब

April 12, 2024

काठमाडौं – सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको हो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य सिफारिस समितिमा छन् ।

यस्तै आजको बैठकले राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय गरेको छ ।

हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने समेत निर्णय गरेको छ ।